जेठ ३ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्म ‘वीरविक्रम २’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख चार कलाकार पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन र बुद्धि तामाङ फिचर्ड छन् ।
फिल्मको गीत ‘पिरतीको मिठो तिर्सना’ र ‘बाचा’ले चर्चा पाइरहेको छ ।

फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी, मनिष लिम्बुलगायतका कलाकारको अभिनय छ । फिल्ममा सुदिप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व, प्रदीप भारद्वाजको कथा र कविराज गहतराजको कोरियोग्राफी छ ।



