चैत्र २९ गते दुई नेपाली चलचित्र नायिका झरना थापाद्धारा निर्देशित ऐ मेरा हजुर ३ र सम्राट शाक्य निर्देशित यात्रा एक साथ प्रदर्शनमा आए ।
अनमोल केसी स्टारर ऐ मेरो हजुर ३ र सलीनमान बनीयां स्टारर यात्रा दुबै चलचित्रलाई दर्शकहरुको साथ उच्च रह्यो ।
सिनेमा हलमा दुबै चलचित्रका नायक अनमोल केसी र सलीनमान बनियांलाई दर्शकहरुले वाहवाही गरेर प्रशंशा गरे । डेब्यु ऐ मेरो हजुरकी नायिका सुहाना थापाको पनि उत्तिकै चर्चा भयो ।

जुनक्रम दोश्रो साता पनि कायमै रहेको छ । दर्शकहरुको साथ पाईरहेको दुबै चलचित्रको क्रेज बढ्दो दखिएकोले अब चलचित्रको लागि सुखद दिन आएको हो की भन्ने अड्कल सबैले काटीरहेका छन् ।


