‘हजार जुनी सम्म’को ‘एमजी रोडैमा’ भिडियो रिलिज

२०७६ बैशाख ९, सोमबार १५:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र ‘हजार जुनी सम्म’को ‘एमजी रोडैमा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा राजनराज सिवाकोटी र मेलिना राइको आवाजमा समावेश गीत सार्वजनिक गरिएको हो ।

कविता रेग्मी कार्यकारी निर्माता रहेको चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुइटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मी र अखिलेष प्रधानको अभिनय छ ।

सार्वजनिक गीतमा राजनराजको शब्द तथा संगीत छ । गीतको भिडियोलाई सिक्किमको एमजी रोडमा खिचिएको हो ।

भिडियोमा चलचित्रका मुख्य कलाकारहरु स्वस्तिमा खड्का, सलोन बस्नेत, अखिलेस प्रधानलाई फिचरिङ गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा पटकथा तथा संवाद विकास र सामिप्यराज तिमिल्सिनाको छ । चलचित्रमा अर्जुन जीसीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय