चलचित्र निर्माता निर्देशक तथा नायक आकाश अधिकारी प्रवल जनश्रीसेवा पदकबाट सम्मानीत भएका छन् । चलचित्र क्षेत्रमा योगदान पुर्याए बापत चलचित्रकर्मी अधिकारीलाई प्रवल जनश्रीसेवा पदक प्रदान गरीएको हो ।
नया“ बर्ष बैशाख १ गतेको अवसरमा राष्ट्रपति कार्यलयमा आयोजीत कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भन्डारीले सो पदक प्रदान गर्नुभएको हो । पदक प्राप्त गरेपछि चलचित्र निर्मातासंघका अध्यक्ष समेत रहेका आकाश अधिकारीले आफ्नो पेशालाई अझै ईमान्दार भएर अगाडि बढाउने भन्दै सामाजिक संञ्जालमा खुशी ब्यक्त गरेका छन् ।



