चलचित्र ‘चलखेल’मा नायिका प्रियंका कार्की पक्का भएकी छिन् । आइतबार निर्माण युनिट सिनेमाण्डु इन्टरटेन्टमेन्ट र नायिका कार्कीविच लिखित सम्झौता भएको छ ।
कमेडी जनरामा निर्माण हुने चलचित्रलाई एभरेष्ट सुर्य बोहराले निर्देशन गर्नेछन् ।
एभरेष्ट सुर्य बोहराकै कथा तथा लेखन रहने यो चलचित्रका लागि किरण केसी र शिवहरी पौडेलसँग पनि कुरा भइरहेको निर्माण युनिटले बताएको छ । तर, उनीहरुले चलचित्र साइन गरिसकेका छैनन् ।
निर्माता लेखबहादुर पुनका अनुसार चलचित्रको लगानी २ करोडको हाराहारीमा हुनेछ ।
चलचित्रलाई काठमाडौं, जिरी र मनाङमा खिचिने निर्देशक बोहराले बताए ।


