गाडी पंचर ,बिनोदको इम्प्रेस, क्यामेराको घेरामा एसईई परीक्षामा करीश्मा

२०७५ चैत्र १६, शनिबार ०७:५३ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सेलीब्रेटी क्रेज

नायिका करीश्मा मानन्धर यतिबेला एसईईको परीक्षा दिंदैछिन् ।

तर उनलाई क्यामेरको अगाडी परीक्षा हलमा पस्नु अघि र सकिएपछि अन्तवार्ताको लागि क्यामेरा अघि उभिन बाध्य बनाईएको छ । हरेक दिनजसो क्यामेरा नायिका करीश्माको एसईई परिक्षा सेन्टर डिल्ली बजारस्थित बिजयस्मारक स्कुलमा परीक्षा शुरु हुनु अघि र पछि नायिका करीश्मालाई कुरीरहेका हुन्छन् । पहिलो दिन नायिका नायिका करीश्मा मानन्धर नर्भस देखिएकी थिईन ।

उनले प्रतिक्रिया दिंदै भनीन , आजै गाडी पंचर भयो ,बिनोद जी ( श्रीमान बिनोद मानन्धर ) ले मेरो गाडीको टायर बनाईदीरहनु भएको थियो मलाई ईम्प्रेस पार्न झन गाडीनै पंचर भयो । अझ उहाले म डाईभ गरीदिउ पनि भन्नु भयो मैले नो म ईम्प्रेस हुन्न भने ।

पहिलो दिन नायिका करीश्माले चलचित्रबिकास बोर्डले दिएको कलाकार परिचयपत्र झुन्डाएको समेत पत्तो पाईनन एकेैपटक परिक्षा सेन्टर पुगेपछि अत्तालीईन ,परीक्षानै दिन नपाउने हो की भनेर तर अरुले केही हुदैन प्रबेश पत्र भए हुन्छ भनेर सम्झाएपछि ढुक्क भईन । उनले धेरैवटा कार्ड एकैेठाउमा घरमा राख्नाले झुक्कीएको बताईन ।

कक्षा ८ देखि स्कुल भर्ना भएर पढेकी नायीका करिश्माले बिगत १ बर्षदेखि अन्य कामलाई साईड लगाएर निरन्तर एसईइको तयारी गीरहेकी थिईन । नयाशक्ति पार्टीमा आबद्ध नायिका करीश्मालाई संयोजक बाबुराम भटराईले एसईई परीक्षा शुरु हुने अघिल्लो दिन बेलुका फोन गरेर शुभकामना दिंदै राम्रोसंग सुत्ने टिप्स दिएछन् ।

शायद त्यती धेरै पढेका डाक्टर भटराईलाई समेत अनुभव रहेछ परिक्षा आएपछि निन्द्र नलाग्ने त्यही भएर मलाई सुझाव दिनुभएको थियो नायिका करीश्माले प्रतिक्रिया दिईन ।

सामाजिक संञ्जालमा आफ्नै स्कुलको फस्ट ब्वईसंग बसेर स्कुलमा पढ्दै गर्दाको तस्वीर नकरात्मक रुपमा भाईरल भएपछि सामाचारले बुझेर मात्र समाचार सम्प्रेषण गर्न समेत उनले सुझाईन ।

यसरी हरेक दिन क्यामेराको घेरामा अन्तावार्ता दिंदै परीक्षा दिएर सेलीब्रेटी क्रेज र समाजको लागि राम्रो काम गर्न कहिले ढिला हुदैन भन्ने उदाहरणीय पात्रा बनेकी नायिका करीश्मालाई शुभकामना ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय