सदावहार सुन्दरी नायिका करिश्मा एसईईको परिक्षा हलमा

२०७५ चैत्र १०, आईतवार ०३:३० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सदावहार सुन्दरी नायिका करिष्मा मानन्धरले एसईई परीक्षा दिएकी छिन् । करिष्माले डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिएकी हुन् ।

कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी मानन्धरले यही विद्यालयको नियमित विद्यार्थीका रूपमा परीक्षा दिएकी हुन् ।

परीक्षा दिनका लागि मानन्धर आफैं बा९च ४२६ नम्बरको कार हाँकेर परीक्षा केन्द्र पुगेकी थिइन् ।

परीक्षा केन्द्रतर्फ प्रवेश गर्नुअघि करिष्मालाई कोरियोग्राफर गोविन्द राईले टीका लगाएर शुभकामना दिएका थिए ।
नयाँ शक्ति पार्टीकी नेत्री समेत रहेकी करिष्मालाई नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि फोन गरेका शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय