प्रधानमन्त्री ओलीको होली चलचित्र क्याप्टेनसंग

२०७५ चैत्र ७, बिहीबार ०८:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

प्रधानमन्त्री केपी शर्मा ओली हिन्दुहरुले धुमधामका साथ होली खेलीरहंदा बुधबार सांझ सिटिसेन्टर स्थित बिग सिनेमा हलमा पुगे ।

उनि नायक भुवन केसी निर्मित फिल्म क्याप्टेन हेर्न बिग सिनेमा हलमा पुगेका थिए । नायक अनमोल केसी लगाएत फिल्मको टिमले प्रधानमन्त्री ओली सहितको टोलीलाई स्वगत गरेको थियो ।

सिनेमा हेर्न हलमा पुग्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले प्रतिक्रिया दिदै भने युवाहरुको रंगिन सपना हुन्छ त्यो सपना पुरा गर्ने उदेश्यले गरेको काम हेर्न आएको ,र आज संयोग पनि मिल्यो ।

नायक अनमोल केसीले प्रधानमन्त्रीनै आएर आफ्नो फिल्म हेरीदिएकोमा खुशी ब्यक्त गरे । नायक भुवन केसीले आफ्नो लागि अविरुमरणीय दिन रहेको बताए ।

फिल्म हेरीसकेपछि प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिंदै भने अनमोल केसी चिन्दीन ईशान खड्का बेष्ट । फुटबल खेलमा आधारीत क्याप्टेन चलचित्र फागुन १७ बाट नेपालभर प्रदर्शनमा आएको हो ।

क्याप्टेनको प्रीमियरमा प्रधानमन्त्री आउने कुरा थियो तर फागुन १५ गते ताप्लेजुङ दुर्घट्नाका कारण प्रधानमन्त्री उपस्थीत नहुने भएपछि फिल्मको प्रीमियरनै गरीएन । फिल्मलाई दिवाकार भट्टराईले निर्देशन गरेका हुन

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय