एसईई परीक्षाको चटारोले नायिका करिश्माको घरको होली चेट

२०७५ चैत्र ५, मंगलवार ०९:०३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायिका करीश्मा मानन्धरले गोदावरी स्थित आफ्नै निवासमा हरेक बर्ष रंगिन होली पर्व मनाउदै आएकी थिईन ,तर यस बर्ष उनको घरमा होली नहुने भएको छ । नायिका करिश्मा मानन्धर यस बर्ष एसईईको परीक्षा दिंदैछीन ।

जसका कारण उनले आफ्नो घरमा होली मनाउन नसक्ने भएकी हुन । हरेक बर्ष चलचित्रकर्मी तथा शुभचिन्तकहरु हेली मनाउन नायिका करिश्मा निवास गोदावरी पुग्ने गर्थे ।

यस बर्ष नायिका करिश्माले एक साता अघिनै आफुले होली सेलीब्रेट नगर्ने जानकारी गराईन । बरु यस बर्ष नायिका करिश्माले बैशाख महिनामा सबै चलचित्रकर्मीरुलाई एकसाथ बोलाएर बनाभोज गर्ने कार्यक्रम रहेको बताईएको छ ।
नायिका करिश्माको होली स्टाटस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय