मेरो आँगनीमा आज जुन उदायोको भिडियो

२०७५ चैत्र ४, सोमबार १४:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र ‘लभ स्टेशन’को नयाँ गीत मेरो आँगनीमा आज जुन उदायोको भिडियो सोमबार रिलिज गरिएको छ । बुढासुब्बा मुभिज युट्युव च्यानलबाट सोमबारसाँझ गीतको भिडियो रिलिज गरिएको हो ।

अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’को यो गीतमा यिनै दुई जोडीको सम्बन्धलाई देखाईएको छ ।

चलचित्रमा यो गीत मार्फत अभिनेता प्रदीपलाई गायकको रुपमा स्थापित गराईको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा आफुहरु प्रचार प्रसारमा व्यस्त रहेको पनि प्रस्तुतकर्ता शाहीले जानकारी गराए ।
चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही ९क्रिसु० र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।


आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय