‘सुवास फाउन्डेसन’ को शुभारम्भ

२०७५ चैत्र ४, सोमबार १३:४२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘पर्व’ र गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘कृ’ निर्माण गरेका निर्माता सुबास गिरीले  जन्मदिनको अवसरमा आफ्नो जन्मथलो सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर ५ स्थित सिर्थौली प्राथामिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । एम्बुलेन्सको मुल्य १० लाख बराबरको रहेको बताइएको छ ।

फिल्म निर्माणसँगै विभिन्न व्यवसायमा पनि आबद्ध गिरीले आफ्नो जन्मदिनको अवसरमा ‘सुवास फाउन्डेसन’ को शुभारम्भ गरेको पनि घोेषणा गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै आफूले कमाएको १० प्रतिशत अब फाउन्डेसनमा जम्मा गर्ने र आफ्नो जन्मथलोका जनताको शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा सहयोग गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय