स्टारदेखि कमेडी कलाकारहरुको जम्बो टोली जात्रैजात्रामा को गितमा देखिएको छ ।
चलचित्र ‘जात्रै जात्रा’ले नयाँ रिलिज मिति तय गर्दै ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गरिएको छ । यो चलचित्र सुरुवातमा फागुण १७ गते रिलिज गर्ने तयारी गरिएको थियो । अब, एकसाता पछि सर्दै चलचित्र जेठको ३ गतेबाट रिलिज हुने भएको छ ।
गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर, लेखु सहयात्रीको शब्द, कृष्ण भारद्धाजको संगीत छ । गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, बर्षा राउत, रविन्द झा, रविन्दसिंह बानियाँ, दयाहाङ राइको साथमा अतिथी कलाकारहरु निर्देशक निश्चल बस्नेत, नायिकाद्धय करिश्मा मानन्धर र सारा सिर्पालीले नृत्य गरेका छन् ।

चलचित्रलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् । चलचित्रमा रविन्द्र सिंह बाँनिया कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रको यो गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने शिवराम श्रेष्ठले चलचित्र खिचेका हुन् ।


