द म्यान फ्रम काठमाडौं’ फिल्मले प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको छ । नेपालकै सर्वाधिक ठूलो र स्तरीय मल्टीप्लेक्स च्यानल क्यूएफएक्स सिनेमाजका मालिक नकिमले निर्माण गरेका कारण फिल्मकर्मीहरुले फिल्मको बारेमा मिडियाको सामुन्ने नराम्रो बोलेनन् ।
नब्बेको दशकमा बलिउडमा एकछत्र राज गरेका चर्चित खलनायक गुलशन ग्रोवर केही दिनदेखि नेपालमा छन् । तेस्रो पटक नेपाल आएका उनको पहिलो नेपाली फिल्म ‘द म्यान फ्रम काठमाडौं’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । यसमा पनि उनी नेगेटिभ रोलमा नै छन् । यो फिल्मलाई पहिलो नेपाली हलिउड फिल्म भनिएको छ ।
प्रिमियरमा ‘द म्यान फ्रम काठमाडौं’ का निर्देशक पेमा धोन्डुप र निर्माता नकिम उद्दिन, कलाकारहरु शिशिर बाङ्देल, कर्मा शाक्य, नीर शाह, आमिर गौतमलगायत पनि उपस्थित थिए । नम्रता श्रेष्ठ, दीपकराज गिरी, विनय श्रेष्ठ, दीपाश्री निरौला, भुवन केसी, प्रियंका एमभी, बर्षा राउत, संजोग कोइराला, शिल्पा मास्केलगायतका दर्जनौं फिल्मकर्मीहरु पनि प्रिमियरमा सहभागी थिए ।


