‘अघोरी’ को शुभ मुहर्त

२०७५ फाल्गुन ३०, बिहीबार ०९:४७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बिलभ्ड इन्टर्टेनमेन्ट प्रा। लि। को ब्यानरमा राधादेवी कटुवालको ‘अघोरी’ चलचित्र निर्माण हुने भएको छ । बिहीवार काठमाण्डौंको भद्रकाली मन्दीरमा सो चलचित्र को शुभ मुहर्त गरियो । थ्रिल एक्सन र लभ स्टोरी कथा बस्तुमा आधारित रहेको बताईन्छ ।

चलचित्रलाई नेपालको पुर्वी जिल्लाहरु, काठमाण्डौ बिदेशको दुबई लगायतका शहरहरुमा छायांकन गरिने निर्देशक भोमन कटुवालले जनाए ।

चलचित्रमा कार्यकारी निर्माता(दिक्षा पाठक,निर्देशक(भोमन कटुवाल,कलाकार(प्रज्वल गिरी,शारदा राज्यलक्ष्मी शाह,मुनम मल्ल ठकुरी,उमेश खड्का,बिन्दा तामाङ, सुरबिर पन्डित,अनमोल कार्की, तारा शाही ठकुरी रहेका छन् ।

त्यस्तै छायांकन पवन गौतम, द्वन्द राजु किरात, संगीतकारहरु दिपक शर्मा,ॐ सुनार , सरोज कोइराला, सुमन राई को रहेको छ । त्यस्तै शब्द डा कृष्ण हरी बराल,मिस्टर आर जे , ॐ सुनार रुबेन पुन मगरको रहेको छ । चलचित्र मा मेलिना राइ, ॐ सुनार, सरोज कोइराला, सुमन राई , योजना पुरी, मिस्टर आर जे ले गायका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय