हलीमा सुजता लिडमा

२०७५ फाल्गुन २८, मंगलवार १६:२६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र हलीको शुभमुर्हत गरएिको छ । आगामी चैत ७ गतेबाट सुटीङमा जाने चलचित्र हलीलाई ओमप्रतिक गुरुङले निर्देशन गर्दैछन भने लेखन पनि उनकै रहेको छ ।

सामाजिक बिषयवस्तुमा आधारीत हली चलचित्रमा नायिका सुजता थापा लिड रोलमा रहनेछिन् ।

उनले भनीन म हल्ी चलचित्रमा चञ्चले केटी देखि टिपिकल हाउस वाईफ सबै रोलमा देखिदै छु जुन मेरा लागि चुनौती रहेको छ । नायिका सुजता थापाको हली पांचौ चलचित्र हो भने निर्देशन तर्फ निर्देशक ओम प्रतिकको पनि पांचौ नै हो ।

चिरायु फिल्मसको प्रस्तुतिमा निर्माण हुने सिनेमाको राजधानीको ज्ञानेश्वरमा अवस्थीत ज्ञानेश्वर महादेव मन्दिर परिसरमा शुभ साईतर्हत गरिएको हो । शुभमुर्हतमा अभिनेता सरोज खनाल, प्रमोद दीप र नायिका सुजाता थापाले मुर्हत सर्ट दिएका थिए ।

शुभमुर्हत कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल एरिया लिडर बालकृष्ण वर्लाकोटीको प्रमुख आतिथ्यतामा गरिएको थियो ।

सिनेमालाई पूजा गुरुङ ‘गर्वि’, जस्मिन श्रेष्ठ र गोबिन्द लामिछानेले मिलेर निर्माण गर्न लागेका छन् ।

डडेलधुरा, डोटी, बझाङलगायतका स्थानमा आगामी चैत्र दोस्रो साताबाट छायांकन थालीने सिनेमामा सरोज खनाल, प्रमोद दीप, सुजाता थापाका अलवा ओम प्रतिक गुरुङ, अरुणा कार्की, बिद्या कार्की, सिपी पौडेल, अर्जुन गुरुङ, कञ्चन दुलाल, सुरेश नगरकोटीलगायतका कलाकारको पनि अभिनय रहने छ ।

सिनेमामा राहुल राईको छायांकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, राम प्यासको कोरियोग्राफी रहने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय