चलचित्र ‘लभ स्टेशन’को ट्रेलर सार्वजनिक

२०७५ फाल्गुन २३, बिहीबार १५:४८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र ‘लभ स्टेशन’को ट्रेलर सार्वजनिक भएको छ । नायक प्रदिप खड्का र नायिका जसिता गुरुङलाई मुख्य रुपमा देखाइएको छ ।

चैत्र २२ गतेबाट रिलिज हुने यो चलचित्रमा प्रदिप र जसिताको साथमा प्रकाश शाह, रमेश वुढाथोकी, सिरु बिष्ट, प्रिया रिजाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

चलचित्रमा गोविन्द शाही, काफिया शाही र कविरविक्रम शाहीको लगानी छ ।

सुवास सिंह बस्न्यातले लेखेको यो चलचित्रमा आलोक शुक्लाको छायांकन, कुमार श्रेष्ठको एक्सन, अर्जुन जीसी र लोकेश बज्रचार्यको सम्पादन छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय