‘शुभ लभ’को ट्रेलर सार्वजनिक

२०७५ फाल्गुन १५, बुधबार ०८:२७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र ‘शुभ लभ’को ट्रेलर सार्वजनिक भएको छ ।

प्रदीपकुमार उदयको प्रस्तुति रहेको यो चलचित्रलाई सन्तोषबाबुृ लोहनीले निर्देशन गरेका हुन् ।

चैत्र १५ गते रिलिजको तयारीमा रहेको चलचित्रको ट्रेलरमा युवा ज्योतिष हरिहर अधिकारी र नव नायिका कृस्टिन पौडेलबिचको प्रेम, बिछोडलाई देखाइएको छ ।

चलचित्रमा हरिहर ज्योतिषकै भूमिकामा छन् ।

चलचित्रमा हरिहर र कृस्टिनको अलावा राजाराम पौडेल, सरोज खनाल, राजा राजेन्द्र पोख्रेल, प्रदीप बास्तोला, सूर्या थापा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा धर्मराज शर्मा सुवेदी निर्माता हुन् भने यसमा छायाङ्कन रामेश्वर कार्कीको रहेको छ ।

अभिमन्यु निरबीको पटकथा र संवाद रहेको चलचित्रमा वन नेपालको एक्सन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय