कागजपत्रमा झुटो बिहे गर्नेको पीडा

२०७५ फाल्गुन ९, बिहीबार १४:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । अपिल बिष्ट निर्देशित चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रमा नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको लगानी छ भने  कार्यकारी निर्माता निरज सिंह बिष्ट हुन् ।

चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कास्मिर डिक्सनको छायांकन, बसन्त सापकोटा, संगीत सापकोटा, हर्कुलस बस्नेतको संगीत छ । कागजपत्रमा  अष्ट्रेलिया वा अमेरिका जानका लागि हुने झुटो बिहेको कथालाई उठान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय