नायक संजोग कोइराला र नायिका बर्षा राउत आज बैबाहिक जीवनमा बाधिएका छन् । संजोग र बर्षाले बिहे गरेका छन् ।
संजोग र बर्षा विगत ७ बर्षदेखि प्रेम सम्बन्धमा थिए ।
प्रेम सम्बन्धमा रहेको जोडीले प्रेम दिवसलाई दिन पारेर बिहे गरेको हो ।
शुक्रबार बेलुकी चलचित्रकर्मी र आफन्तका लागि पार्टीको आयोजना गरेका छन् ।



