‘पहिला पहिला भेट हुन्थ्यो दाउरा र शोत्तरमा अहिले हाम्रो भेट हुन्छ फेसबुक र ट्विटरमा’।
शर्मिला तामाङको शब्दमा सहिमा श्रेष्ठ र राजेश बर्देवाको सुरिलो स्वर रहेको यो गीतले अहिले बजार तताई रहेको छ ।
श्यामश्वेत रसाइलीको एरेन्ज र ध्वनी मिश्रण रहेको गीतमा चर्चित मोडल तथा डान्सर अन्जली अधिकारी र अनुराग ठकुरीको रोमान्चक नृत्यले गीतलाई अझ लोकप्रिय बनाएको छ।
मनोज पुनको संगीत रहेको पुरानो समय र आधुनिक प्रबिधिको समयमा प्रेम प्रसङको तुलान्त्मक गीतले दर्शकहरुको मन जितिरहेको कलाकार तथा संचारकर्मी राजेश बर्देवाको बिश्वाश छ।
बर्देवाको यस अघिनै आधा दर्जन चर्चित गीति कोशेली सार्वजनिक भइ सकेको छ।


