‘गोजीमा दाम छैन’ संगीतकारलाई ५० हजार

२०७५ कार्तिक १५, बिहीबार ०५:५८ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चङ्गा चेट फिल्मको गीत अहिले मेला  महोत्सवदेखि चिया पसल जताततै मज्जैले घन्किरहेको छ । यूट्युबमा मात्र गीतमाथि डेढ करोडको नजर परेको छ ।

गीतलाई यूट्युबमा १ करोड ५० लाख पटक हेरिएको अवसरमा निर्माण टिमले केक काटेर खुसीयाली साटेको छ । राजधानीमा एक कार्यक्रमका बीच संगीतकार, गीतकार, निर्देशक, निर्माता तथा कलाकारले संयूक्त रुपमा डेढ करोडको केक काटे । केक काट्दै निर्माता माधव वाग्लेले भने, ुफिल्मले पनि गोजीमा दाम भरोस् ।

ुगोजीमा दाम छैनु गीतमा राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटीको स्वर छ । गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन् । केक काटेर सेलिब्रेसन गर्दै निर्माता वाग्लेले संगीतकारलाई ५० हजारको चेक हस्तान्तरण गरे । ुयो पारिश्रमिक होइन । मैले उहाँलाई गीतले करोड भ्यूज कमायो भने उपहार दिन्छु भनेर वचन दिएको थिएँ । यो त्यही उपहार हो  उनले भने ।

उक्त रकमबाट ५ प्रतिशत गीतकार तिमल्सिनालाई दिने पनि संगीतकार सिवाकोटीले मिडियामाझ नै घोषणा गरे । निर्देशक दीपेन्द्र के। खनालले दाम हुने र नहुनेहरुको कथा फिल्मले बोल्ने बताए । उनी भन्छन्, ुगीतले बोलेकै कथा फिल्मले उठाएको छ । तीन पुरुष पात्रको वरिपरि फिल्म घुमेको छ ।ु उनी फिल्मलाई डार्क कमेडी भन्न रुचाउँछन् ।

निर्माता वाग्ले भने चङ्गा चेटआफ्नो वास्तविक जीवनसँग मिल्ने बताउँछन् । भन्छन्, ुफिल्ममा जाली नोट देखाइएको छ । म पनि जाली नोटकै कारण जेल जानु पर्‍यो । फिल्मको कथा जस्तै छ मेरो जिन्दगी ।ु गीतको सफलताको खुसीयाली साट्न उपस्थित अभिनेत्री द्वय सुरक्षा पन्त र परमिता आरएल राणाले फिल्मले युवापुस्ताको वास्तविक कथा बोल्ने बताए ।

फिल्ममा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा माधव वाग्लेलाई शर्मिला पाण्डेले लगानीमा सहयोग गरेकी छन् । निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय