निर्देशक दिपाश्री निरौलाको ह्याटीकसंगे ऐतिहासीक रेकर्ड

२०७५ कार्तिक १५, बिहीबार ०५:२६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हांस्य अभिनेत्रीको मात्रै ट्याग पाएकी दिपाश्री निरौलाले चलचित्र निर्देशनमा सफलताको ह्याटीक हानेकी छन् । छक्कापन्जा ३ सम्म आईपुग्दा दिपाश्रीले निर्देशन गरेको छक्कापन्जा ३ ले सर्वाधिक कलेक्सनको ईतिहांस रचेको छ । दर्शकहरुको फ्लो अझै बढ्दो छ सिनेमा हलमा ।

यसपटक कमेडी वीथ कन्टेन्ट छक्कापन्जा ३ ले सरकारी स्कुलमा हुने लापरवाहीलाई बिषयवस्तु बनाएर दर्शकहरुको मन जितिरहेको छ ।

‘छक्का पञ्जा’ को एतिहासिक कलेक्सन रेकर्ड यसकै तेस्रो सिरिजले तोडेको छ । दशैंको  घटस्थापनाबाट प्रदर्शनमा आएको ‘छक्का पञ्जा ३’ को १७ दिने कमाईको आँकडा प्राप्त भएको छ । मोफसल वितरक कम्पनी एफडीका अध्यक्ष नरेन्द्र महर्जनले ८ करोडको रिपोर्ट दिएका छन् भने राजधानी भित्र वितरणको जिम्मा लिएका मनोज राठीले पनि सोही आँकडा दिए ।


निर्देशक दीपाश्री निरौला र कलाकार, निर्माता तथा स्क्रिप्ट राईटर दीपकराज गिरीले ‘छक्का पञ्जा’ को १२८ दिनेको रेकर्ड ‘छक्का पञ्जा ३’ ले १७ दिनमा तोडेको भन्दै खुसी व्यक्त गरेका छन् । फेसबुकमा दुबैले एउटै स्टाटस शेयर गर्दै लेखेका छन्, “छक्का पञ्जा १’ ले १२८ दिनमा प्राप्त गरेको लक्ष्य ‘छक्का पञ्जा ३’ ले केबल १७ दिनमा उक्त उपलब्धि हासिल गरेको छ । बधार्इ सबै कलाकार तथा प्राबिधिक साथिहरू । धन्यबाद दर्शक, जय नेपाली सिनेमा ।’

। फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित दीपिका प्रसाईँ, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइरालालगायतको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय