‘रुमालै छ चिनो’ गीत सार्वजनिक

२०७५ कार्तिक १५, बिहीबार ०४:४५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिल्म ‘रुमालै छ चिनो’ को पहिलो गीत यूट्युबमा सार्वजनिक गरिएको छ । एक समय निकै चर्चामा रहेको रेशम थापाको लोक गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर निर्माण भएको फिल्मको ुए माया।।।ु गीतमा अर्जुन पोखरेल र अञ्जु पन्तको स्वर छ ।

गीतको शब्द अर्जुन आफैंले लेखेका हुन् भने संगीत पनि उनकै हो । भिडियोमा नायक सुशान्त कार्की र नायिका अप्सना थापा फिचर्ड छन् । गीतको छायांकन बिनोद सापकोटाले गरेका हुन् भने शिब थारुको सम्पादन छ ।

रेशम थापाको कथा रहेको फिल्ममा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्साना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्कालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ज्योती फिल्मसको ब्यानरमा बनेको यस फिल्ममा चन्द्र ब। खड्का, दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा लगानी गरेका छन् । उक्त फिल्मलाई निर्देशन दिनेश सिंह ठकुरीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय