रोमान्टिक दीपिका र दीवाकर थाइल्याण्डमा

२०७५ कार्तिक १५, बिहीबार ०४:०६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एक वर्ष अगाडि कोर्ट म्यारिज गरेर केही साता अगाडि इन्गेजमेन्ट गरेका ुलभ बर्डस्ु दीपिका प्रसाईँ र दीवाकर भट्टराई अहिले थाइल्याण्डमा हनिमुन टुरमा छन् । हालैमा यो कपलले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रेम स्विकार गर्दै एकअर्काको अंगालोमा कसिएको तश्बिर शेयर गरेका थिए ।

मंसिरपछि बिहे गर्ने तयारीमा रहेका उनीहरु अहिले पर्यटकिय गन्तब्य थाइल्याण्डमा रमाइरहेका छन् । फेसबुकमा तश्बिर राखेकै साँझ यो जोडी त्यसतर्फ उडेका थिए । अभिनेत्री दीपिकाले प्रेमी तथा निर्देशक दीवाकरसँग क्लिक गरेका रोमान्टिक तश्बिरहरु फेसबुक स्टोरीमा शेयर गरेकी छिन् ।

यी दुई फिल्म ुऐश्वर्यु को सेटबाट नजिक भएका थिए । दीपिकाको उक्त फिल्म डेब्यु थियो । यो फिल्म रिलिज लगत्तै उनीहरुको अफेयरको खबर बाहिर आएको थियो ।

लामो समय प्रेम(प्रेमिका नभई साथी मात्र बताउँदै आएपनि दशैं सकिए लगत्तै दीपिका र दीवाकरले मिडियामा चर्चामा रहेको अफेयरको खबरलाई सत्यतामा परिणत गरेका थिए । दीपिकाको दोस्रो फिल्म ुछक्का पञ्जा ३ु ले अहिले जबरजस्त कलेक्सन गरिरहेको छ भने दीवाकर निर्देशित फिल्म ुक्याप्टेनु फागुनमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय