छक्कापन्जा ३ ले पायो युनिभर्सल सर्टीफिकेट

२०७५ आश्विन २१, आईतवार १७:०२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आगामी घटस्थापनको दिनबाट नेपालभरका सिनेमा हलमा प्रदर्शनमा आउन लागेको छक्का पन्जा ले चलचित्र सेन्सरबोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ ।

आईतबार छक्कापन्जा ३ को सेन्सर गरीएको हो ।

दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्र छक्कापन्जामा पटकथा तथा संवाद दिपकराज गिरीको रहेको छ । यसपटक चलचित्र छक्कापन्जा ३ ले शिक्षाको बिषयलाई उठान गरेको निर्माण टिमले जनाएको छ ।

पहिलेका सिरिजमा बिषयलाई छुनेमात्र काम भएको तर छक्कापन्जा ३ ले भने शिक्षाको बिषयलाई गहन तरिकाले प्रस्तुत गरीएको निर्देशक दिपाश्रीले जानकारी दिईन

,उनले भनीन , छक्कापन्जा ३ ले दर्शकलाई हंसाउने मात्र नभै रुवाउने छ । दिपकराज गिरी ,दिपीका प्रसाई जितु नेपाल मुन्द्रे , केदार घिमिरे माग्ने ,बुद्धी तामाङ लगाएतका कलाकारहरुको अभिनय रहेको छक्कापन्जा दर्शकहरुको लागि प्रतिक्षित चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय