निर्मात्री तथा अभिनेत्री दीपशिखा खड्का अभिनीत फिल्म ‘प्रेमलीला’ को अफिसियल पोस्टर र प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले फिल्मको प्रदर्शन मिति माघ २५ लाई तोकेको छ ।
। फिल्मलाई जनक पाण्डेले निर्देशन गरेका हुन् । फिल्मबाट भारतीय मोडल अली खानले डेब्यु गरेका छन् । उनले नेपाली फिल्ममा काम गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए ।
फिल्मको कथा अनुसार हिन्दी बोल्न सक्ने पात्रलाई न्याय दिनका लागि भारतबाट अली खानलाई झिकाएको अभिनेत्री खड्काले जानकारी दिइन् ।
फिल्मलाई सुनिल मानन्धरले देशभर वितरण गर्दैछन् । पवन गौतमको छायांकन रहेको यसमा हरि लम्साल, महेश खड्का, नबिन कार्कीको संगीत छ । दीपशिखा र अलीसँगै फिल्ममा मौसम खड्का, प्रभाकर शर्मा, सुरज तमु र रेखा शाहको पनि अभिनय छ ।
फैजल फिल्मस्को ब्यानरमा नानीमैयाँ कार्की निर्माता रहेको फिल्मको कथा अभिनेत्री दीपशिखा स्वयमले लेखेकी हुन् । चन्दन दत्तको सम्पादन रहेको ‘प्रेमलीला’ मा रामजी लामिछाने र लोमस पौडेलको कोरियोग्राफी छ ।


