रिचार्जरमा मोबाईल किन्दा खसी उपहार, दशैंको खसी घरमै बसी बसी

२०७५ आश्विन १६, मंगलवार १०:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ । नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा मोबाइल एप रिचार्जरले मोबाईल किन्दा खसी उपहार योजना सुरु गरेको छ । रिचार्जरकोएप मार्फत मोबाईल खरिद गर्ने ग्राहकलाई यसपालिको दशँैमा रिचार्जरले खसी उपहार दिने भएको हो ।

‘दशैंको खसी घरमै बसी बसी’योजना यहि असोज १६ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ । यो योजनामा सहभागि हुनका लागि असोज १६ गते मंगलबारदेखि २९ गते सोमबार दिउँसो १२ बजेसम्ममा रिचार्जरकोएप मार्फत मोबाईल खरिद गर्नुपर्नेछ । यसअवधिमा एप मार्फत मोबाइल खरिद गर्ने ग्राहकलाई ग्रोलाप्रथा मार्फत खसी उपहार प्रदान गरिने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले जानकारी दिए ।

यो योजना सिमित ब्राण्डका मोबाईल फोनहरुमा मात्र लागू हुने रिचार्जरले जनाएको छ । खसी विजेताको घोषणा असोज २९ गते सोमबार मोबाइल एप रिचार्जरको आधिकारिक फेसबुक पेज मार्फत लाइभघोषणा गरिने छ ।

साथै रिचार्जर एप मार्फत जुनसुकै सामान अर्डर गर्दा काठमाडौँ उपत्यकाको चक्रपथ भित्र तीन घण्टाभित्र डेलिभरी गर्ने रिचार्जरले बताएको छ । तीन घण्टाभित्र सामान डेलिभरी गर्दा केही अतिरिक्त शुल्क लाग्ने छ । रिचार्जर एप मार्फत अर्डर गरिएका जुनसुकै सामान २४ घण्टाभित्र ग्राहकलाई उपलब्ध गराउने कम्पनीको दाबी छ । २४ घण्टाभित्र सामान डेलेभरी गर्दा भने कुनै अतिरिक्त शुल्क लाग्ने छैन ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोलेर मोबाइल रिचार्ज गर्दा पनि जतिको रिचार्ज गर्यो त्यत्ति नै क्यास व्याक पाइने छ । यसरी प्राप्त हुने क्यास व्याकलाई रिचार्जर बाट सामानखरिद गर्दा डिस्काउण्ट भौचरका रुपमाप्रयोग गर्न सकिने छ ।
रिर्चाजरबाट मोबाइल रिचार्ज गर्दा तथा सामान खरिद गर्दा ई सेवाका साथै बैंकहरुको इन्टरनेट बैंकिंग सेवा, एससीटी, मास्टर र भिसाका डेविट तथाक्रेडिट कार्डबाट पैसा तिर्न सकिन्छ । रिचार्जबाट सिनेमा टिकटतथाहवाई टिकट भारी छुटमा किन्न सकिन्छ ।

‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जर गुगल प्ले तथा एप्पल एप स्टोरमा गरी १ लाखभन्दाबढी डाउनलोड भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय