हराएका मोटरसाइकल कहाँ छ ?

२०७५ भाद्र २९, शुक्रबार १४:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पछिल्लो तथ्यांकले काठमाडौं उपत्यकाभित्र मोटरसाइकल चोरीमा निकै कमि आएको देखाएको छ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आर्थिक वर्ष ७४/७५ मा मोटरसाइकल हराएका सम्बन्धी केवल दुई सय ५६ निवेदन परेका थिए।

त्यसअघि आर्थिक वर्ष ०७२/७३ मा १०१४ र ०७३/७४ मा १ हजार तीन सय ८१ वटा निवेदन परेका थिए। निवेदनको तुलनामा निकै कम मात्रामा मोटरसाइकल भेटिने गरेका छन्।

गत आर्थिक वर्षमा दुई सय ५६ वटा निवेदन परेपनि केवल ३६ वटा मात्र भेटिएको थियो। त्यसअघि आर्थिक वर्ष ०७३/७४ मा चोरी भएकामध्ये दुई सय ८५ वटा मात्र मोटरसाइकल भेटिएका थिए।

मोटर साइकल चोरी गरि नक्कली नम्बर प्लेट र नक्कली ब्लु बुक बनाएर बिक्री वितरण गर्ने गिरोह नै सक्रिय भएको प्रहरीका पटक पटकका कारबाहीबाट देखिने गरेको छ। उपत्यकाबाट हराएका अधिकांश मोटरसाईकल गाउँ पुग्ने गरेको र त्यहाँ सस्तो मुल्यमा बिक्री हुने गरेको प्रहरी बताउँछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय