एक्शन लभस्टोरी जयशम्भु

२०७५ श्रावण १६, बुधबार ०८:३८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र जयशम्भुमा दर्शकहरुले एक्सनको साथमा लभसटोरी पनि हेर्न पाउने भएका छन् ।

रुपेश थिङले निर्देशन गरेको जयशम्भुमा अनुप बिक्रम शाही ,प्रशान्त ताम्राकार ,बर्षा शिवाकोटी लगाएतको अभिनय रहेको छ ।

दर्शकहरुको चाहनालाई ध्यानमा राखेर फिल्म निर्माण गरीएको फिल्म प्रस्तुतकर्ता दिनेश शाहीले जानकारी गराए ।

चलचित्रमा अरविन्द्रमान शाक्यको लगानी छ ।

चलचित्रमा हरि घलेको छायांकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी छ ।

चलचित्रको ट्रेलरमा देखाईएको एक्शनले सबैतिर चर्चा पाईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय