गोपी’ मा नायिकाको रुपमा अभिनेत्री वर्षा सिवाकोटी

२०७५ श्रावण १४, सोमबार १८:०८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
 अभिनेता खगेन्द्र लामिछाने स्टारर नयाँ फिल्म ‘गोपी’ मा नायिकाको रुपमा अभिनेत्री वर्षा सिवाकोटी कास्ट भएकी छन् ।
छायांकनको तरखर रहेको फिल्म ‘गोपी’ को पटकथाले अन्तिम रुप लिएसँगै वर्षालाई कास्ट गरिएको निर्देशक दीपेन्द्र लामाले बताए । निर्देशक दीपेन्द्रका अनुसार, पटकथालाई सुहाउने भएकाले वर्षालाई लिइएको हो ।
आरोही केसी निर्माता, श्रीधर पौडेल कार्यकारी निर्माता रहेको ‘गोपी’को छायांकन आगामी भदौ १ गते काठमाडौंमा सुरु हुँदैछ । फिल्ममा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ ।
फिल्मलाई आगामी चैत १५ गते रिलिज गर्ने विषयमा वितरकसँग सहमति भएको कार्यकारी निर्माता श्रीधरले बताए । न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने फिल्मका गीतहरु विप्लव प्रतीक र बुद्धिसागरले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय