तीन भर्जिन युवाको कथा मिस्टर भर्जिन’

२०७५ श्रावण १४, सोमबार १७:४० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
तीन भर्जिन युवाको कथा बोल्ने फिल्मको ट्रेलरमा राजधानीको ठमेलमा फस्टाएको यौन व्यवसायलाई पनि देखाउन खोजिएको ,अभिनेता गौरव पहारी र अभिनेत्री मरिश्का पोखरेल स्टारर कमेडी फिल्म ‘मिस्टर भर्जिन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।
 फिल्ममा अभिनेत्री पोखरेलले यौनकर्मीको भूमिका निभाएकी छन् ।
 ट्रेलरसँगै फिल्मको अफिसियल पोस्टर पनि सार्वजनिक गरिएको छ ।
वल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.ली.को ब्यानरमा निर्माण भएको फिल्मलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
‘मिस्टर भर्जिन’ मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ ।
यस फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह-निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् ।
यो फिल्म भाद्र १ गतेबाट प्रदर्शनमा आउँदैछ । यो मितिलाई निर्माण टिमले ‘स्वर्गद्वार जाने दिन’ भन्दै प्रचार गरिरहेको छ
https://www.youtube.com/watch?v=6RPVkC9SkdU

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय