गायिका मिङस लामाको डम्फु बोलको गितले लोकप्रीयता कमाउदै छ । यस अघि गाएका गितहरुबाट चर्चा बटुलीसकेकी गायिका मिङसले ल्याएको गितलाई युट्युबमा यो समाचार तयार पर्दासम्म ६ लाख बढीले हेरीसकेका छन् ।
सेलो गितलाई यतिबेला धेरै मन पराईएको छ भने भिडियोमा नायक तथा मोडल पल शाह आकर्षण बनेका छन् ।

डम्फुमा सेलो गीतलाइ सोनाम लामा ब्लोनले बजारमा ल्याउनु भएको हो। गीतको शब्द र संगीत अशुसेन लामाको, एरेन्ज फणिन्द्र राइ, भिडियो निर्देशन निकेश खडका र आर्टिस्ट सृष्टि थापा मगर, पल शाह र सुमी कोक्तानले गर्नुभएको छ।


