फुलको आ“खामा फुलै संसार बोलको गितबाट सर्वाधिक चर्चा कमाएकी गायिका तथा समाजसेवी आनी छोईङ डोल्माले १ करोड प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा तुईन हटाएर पुल बनाउनको लागि हस्तान्तरण गरीन आफ्नै हातले ।
बुधबार टेलीभिजनमा प्रसारण भएको जनतास“ग प्रधानमन्त्री कार्यक्रममा आनीले प्रधानमन्त्री केपी शर्मा ओलीले टेलीभिजन अन्तवार्ता गरीरहेको सेटमा पुगेर १ करोडको चेक हस्तान्तरण गरेकी हुन ।
कार्यक्रममा नेपालको धादीङ लगाएतका जिल्लामा तुईन मार्फत खोला वारी र पारी गर्नु पर्ने बाध्यताले पीडित सन्दर्भमा कुराकानी भैरहंदा गायिका आनीले प्रधानमन्त्री स“ग भनीन मैले ५ ६ बर्ष अघि टेलीभिजनमा देखे तुईन तरेर बच्चाबच्ची खोला वारीपारी गरेको समाचार त्यसपछि अब म के गर्न सक्छु भन्ने लाग्यो सोचे अब पैसा थोपरेर पुल बनाउन सहयोग गर्छु भनेर पैसा थोपरे अनि अहिले प्रधानमन्त्रीस“ग मन मिल्यो यो मेरो सहयोग भन्दै १ करोडको चेक हस्तान्तरण गरीन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आनीको सहयोमै आफ्नो १ महिनाको तलब प्रदान गर्ने घोषणा गरे भने कार्यक्रम संञ्चालक मनोज पाण्डेले ५० हजार । कार्यक्रम प्रधानमन्त्री जनतास“ग पहिलो श्रृखला हो । हाल एबीसी टेलीभिजन सहित ३ वटा टेलीभिजनबाट प्रसारण भैरहेको छ ।


