गायिका मन्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको गीत ‘छम्म छम्म’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द तथा पवित्रा सर्तुङ्गे मगरको संगीत, आशिष अविरलको एरेन्ज रहेको छ ।

निता ढुंगाना र दिपेन्द्र घिमिरेको अभिनय रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।
भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।

आधुनिक गीतको भिडियोमा मोडलिङको अनुभव लिइसकेका दिपेन्द्र पत्रकार तथा उद्घोषक पनि हुन् । तीज गीतमा भने पहिले चोटि मोडलिङ गरेको बताए ।

https://www.youtube.com/watch?v=fH8MUfmNhFI

