अभिनेत्री रेखा थापाद्वारा अभिनीत, निर्मित तथा निर्देशित फिल्म ‘मालिका’ को हल्का माया के माया…’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतको भिडियोमा सय बढी कोरसले नृत्य गरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा धनगडीमा रेल आउने कुरादेखि कर्णालीको फूलको बयान गरिएको छ । गीतमा अञ्जु पन्तको सोलो स्वर छ ।
नर कार्कीको शब्द रहेको गीतमा सुरेश अधिकारीले संगीत भरेका छन् ।
रामशरण उप्रेतीको छायांकन रहेको यो फिल्म
लक्ष्मीपूजामा रिलिज हुँदैछ । ‘मालिका’ मा रेखा थापा र जाजरकोटकी कमला वलीको मुख्य भूमिका रहेको छ ।
शिवम अधिकारीको लेखन पटकथा रहेको फिल्ममा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ । नर कार्की फिल्मका कार्यकारी निर्माता समेत हुन् भने निर्मातको रुपमा सरस्वती थापा छिन् ।
https://www.youtube.com/watch?v=ahMs-S2sFxU&t=130s

