बक्स अफिसको शुभारम्भ

२०७५ श्रावण १, मंगलवार १९:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मंगलवार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रमका बीच औपचारिक रुपमा उपत्यकामा बक्स अफिस प्रणालीको उद्घाटन गरे ।
राजधानीका ११ वटा मल्टिप्लेक्स र ९ वटा सिंगल थिएटरमा मंगलवारबाट कम्प्युटरमार्फत टिकट काट्न सुरु भएको छ ।
बाँकी  हलमा चाँडै बक्स अफिस सिस्टम जडान गरिने चलचित्र विकास बोर्डले जानकारी दिएको छ ।
सञ्चारमन्त्री बाँस्कोटाले अर्को असार मसान्तभित्र उपत्यका बाहिर पनि बक्स अफिस लागू गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, राज्यलाई कर छल्ने प्रवृतिको अन्त्य भएको छ । अब चलचित्र क्षेत्रकै अनुहार फेरिनेछ ।’
बक्स अफिस प्रणालीको उद्घाटन कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तिहरुको बाक्लो उपस्थिति थियो ।
निर्माताहरु अब आफ्नो फिल्मको वास्तविक कलेक्सन एकै ठाउँबाट हेर्न पाउनेमा खुसीले दंग देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय