सलीमानले देखाए एक्सन हिरो बन्ने संकेत

२०७५ असार ३२, सोमबार १७:५६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए मेरो हजुर डेब्यु कलाकार सलीनमान बानीया“ यतिबेला केशव भट्टराई निर्मित फिल्म यात्राको सुटीङमा छन् ।

डेब्यु फिल्म ए मेरो हजुर बाटै चर्चा कमाएका सलीनको अभिनयको तारीफ हुन थालेको छ । अभिनय मात्रै हैन क्युट फेस भएका सलीनको एक्सनको पनि तारीफ हुन थालेको छ ।

यात्राको एक्सन सुटीङ गरीरहेका सलीमानले एक्सन अत्यन्तै राम्रो गरीरहेको द्धन्द्ध निर्देशक हिमाल केसीले बताए ।

हेटौडामा भैरहेको सुटीङ स्पटबाटै भने हिमाल के सीले भने सलिनले एक्सन पार्ट पनि राम्रो गरीरहेको छ उसले एक्सन हिरो बन्ने संकेत देखाएको छ ।
फिल्माके ६५ प्रतिशत काम सकिएको बताईएको छ ।


सम्राट शाक्यले निर्देशन गरीरहेको सिनेमामा सलिनमान बनियाँ ,सलोन बस्नेतको मुख्य भूमिका छ ।

सिनेमामा जाहन्वी बस्नेत, रियर राई, प्रेक्षा बज्राचार्य, मालिका महत, बिशाल कटुवाल, धिरेन शाक्य, राजराम पौडेल, जयनन्द लामा, समृद्दी राई, जुन छ्यांग ९चिन०, बोबी ९केन्या०, योगेश जंग कुँवर, राजेश बिसुरल, आईपी आचार्य, नानीकाजी डंगोल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा र बालकलाकारमा अंकित संग्रौला, एन्जल राईको अभिनय रहनेछ ।

निर्देशक शाक्यसँगै आशिष रेग्मी, सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खतिको लेखन रहेको सिनेमालाई कोटकी कालिका देवी प्रालीको व्यानरमा केशव भट्टराई, मुक्ती तिमल्सिना, मधू क्षेत्री र धर्मराज अधिकारीले संयुक्त रुपमा निर्माण गर्दै छन् ।सिनेमाको रिलिज डेट अशोज ५ लाई तय गरिएको छ ।
‘यात्रा – अ म्युजिकल ब्लग’मा संजय लामाको छायाँकन, कविराज गहतराजरप्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको एक्सन, बनिश शाहको सम्पादन र शम्भुजित बाँस्कोटारप्रतिक पौडेलरकोबिड बज्रको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय