सुन तस्कर तथा चोरी डकैतीको बिषयमा बनेको चलचित्र झमकबहादुरको दोश्रो ट्रेलर सार्वजनिक भएको छ ।
आगामी श्रावण १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र झमबहादुरको पहिलो टे«लर सार्वजनिक हुदा मुम्बई एक्सप्रेस को कपी भनेर निकै आलोचना खेपेको थियो ।
चलचित्र कही कतै बाट पनि मुम्बई एक्सप्रेस कपि नरहेको निर्देशक भोमान कटुवालले जानकारी दिएका छन् ।
ट्रेलरमा अनुप बिक्रम शाही, यादब देपकोटा ९सरापे०,राजु कमेडी,मिन कुमार तामाङ, कल्याण अधिकारी,राजन मर्हजनको र सुजाता थापा मुख्य भूमिका रहेको छ ।
संगीत ओम सुनारको रहेको छ भने दन्द राजु किरात राईको रहेको यस चलचित्र लाई मिन कुमार तामाङ ले निर्माण गरेका छन र सह निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन।
पवन गौतमको छायाङकन रहेको चलचित्र लाई भोमन कटुवालले निर्देशन गरेका छन।


