कुमारी हलमा बुधबार सा“झ एकाएक ब्यान्डबाजा बजाईयो । प्रीमियरमा सहभागिहरुको आ आफ्नै टिपपणी थियो कसैले यस्तो झरीमा के को ब्यान्डबाजा रेड कार्पेट ,कसैले भने बोबीको लिड रियल जोडीको पहिले भागेर विवाह भएर आज ब्यान्ड बाजा बजाउन लागेको होला ।
आ आफ्नै तर्कबीच मिलन चाम्स निर्मित निर्देशित फिल्म बोबीको प्रीमीयर भयो । जहा“ फिल्मकी लिड कलाकार कबीता गुरुङ प्रीमियरमा फोटो खिचाउन शुरुवातमा मात्र सहभागि भईन , तत्पश्चात सबै परिवारका सामु आफु सम्हालीएर फिल्म हेर्ननसक्ने भन्दै घरतिर लागीन ।
यता उमेश थापाले आफ्नो जीवनको सत्य कथामा रहेका घट्नाहरु फिल्ममा समाबेश भएकोभन्दै भावबिब्होल बन्दै आंशु आ“खामा लुकाउन सकेनन । फिल्म हेरपछि सबैले रीयल जिवनको कथामा रियल पात्रलेनै अभिनय गरेकोले कतै नाटकी नलाग्ने प्रतिक्रिया दिएका छन् ।
फिल्म बोबी शुक्रबारबाट अलनेपाल प्रदर्शनमा आउदै छ । बोबीमा धनी र गरीब बिच त्यसमा पनि अन्तरजातिय विवाह र प्रेमको गहीरकोको सन्दर्भ समेटएिको छ ।


