संगीतकार आलोक श्री प्रहरी नियन्त्रणमा

२०७५ असार २५, सोमबार १८:२८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले संगीतकार आलोक श्रीलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानगरपालिका अन्तर्गत पर्ने अनामनगरबाट घट्टेकुलो जाने सडकमा अव्यवस्थित रूपमा गरिएको पार्किङ हटाउन खोज्दा अवरोध गरेपछि संगीतकार श्री पक्राउ परेका हुन् ।

काठमाडौं नगर प्रहरीका प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद जोशीले संगीतकार श्रीलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।

संगीतकार श्रीलाई बग्गीखानास्थित महानगरीय ट्राफिक प्रहरी महाशाखाभित्र रहेको नगर प्रहरीको पोस्टमा राखिएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय