खाना खानै छोडीन निर्देशक दिपाश्रीे निरौलाले

२०७५ असार २५, सोमबार १८:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

छक्कापन्जा निर्देशक दिपाश्री निरौलाले आजभोलि खाना खान चटक्कै छोडेकी छन् ।

हाल ७५ केजी रहेकी दीपाश्री निरौेलाले आफैले निर्देशन गरेको छक्का पन्जा ३ फिल्मको पहिलो नम्बरमा बोलको गितमा केदार घिमिरे माग्ने बुढासंग कम्मर मर्काउन आफ्नो तौल घटाउने कसरतमा लागेकी हुन ।

जस्को लागि यतिबेला दिपाश्री निरौलाले खाना खान चटक्कै छोडेकी छन् शरीरलाई शक्ति दिने हल्का खानेकुरा खाएर एक्सरसाईज गरीरहेकी छन
। अहिले ७५ केजी छ मेरो तौल ७ केजी जति घट्दा ठिक हुन्छ त्यसकै लागि कसरतमा छु दिपाश्रीले भनीन ,नाच्दा मोटो देखीएको राम्रो देखिदैन यस अघि पनि सुर्के थैली गितमा नाच्नको लागि पनि यसरीनै घटाएकी थिए । छक्कापन्जा ३ आगामी असोज दंशैको फुलपातीको दिन प्रदर्शन गरीने बताईएको छ ।

छक्कापन्जा ३ मा दिपिका प्रसाई जितु नेपाल केदार घिमिरे ,दीपकराज गिरी लगाएत जम्बो टोलीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय