आगामी शुक्रबार बाट प्रदर्शनमा आउने चलचित्र ‘यो पागल मन’ को पटियाला कुर्ता बोलको डान्सिङ्ग नम्बर सार्वजनिक गरिएको छ ।
सार्बजनिक गीतमा राजेश पायल राईको स्वर रहेको छ ।
पेशाले ईन्जीनियर निर्देशक कल्याण अधिकारीको डेब्यु निर्देशन हो यो पागल मन । टिनएज लभस्टोरीमा आधारीत रहेर फिल्म यो पागल मन फिल्म निर्माण गरीएको निर्देशक कल्याण अधिकारीले बताए
बिनोद न्यौपाने, ऋचा सिंह ठकुरी, एनि कुँवर, गौरी मल्ल, राजेश ढुँगानाको मुख्य अभिनय रहेको चलचित्र ‘यो पागल मन’ को अर्को गीत र ट्रेलर सार्बजनिक भई सकेको छ ।
चलचित्रलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको चलचित्रलाई शम्भु सापकोटाले खिचेका हुन् भने अनिल गौतमले सम्पादन गरेका छन् ।
कमल राइको कोरियोग्राफी रहेको ‘यो पागल मन’ मा द्वन्द निर्देशन राजु किराँतीको रहेको छ भने सामिप्यराज तिमल्सिनाले पटकथा तथा संवाद लेखेका हुन् ।


