बुलबुल नामक चलचित्रको आज राजधानीमा घोषणा गरीएको छ ।
मल्टिस्टार कलाकारको चलचित्रमा काम गर्दै आएकी स्वस्तिमा खड्का लाई दर्शकले अब ट्याम्पु चालक महिलाको भूमिकामा देख्ने भएका छन् । आज घोषणा भएको चलचित्र ‘बुलबुल’मा स्वस्तिमाले यो फरक भूमिका निर्वाहा गर्न लागेकी हुन् ।
स्वस्तिमाले पत्रकार सम्मेलनमा भनिन्–‘यो भूमिका मेरा लागि चुनौतीपूर्ण छ । सुरुमा त मैले मलाई यो भूमिकाका लागि नलिनोस् भनेको थिएँ । यो चलचित्रले मलाई चलचित्र क्षेत्रमा फेरि जन्माउनेछ ।’
ट्याम्पु चलाउन पोख्त बन्न प्रशिक्षण लिईरहेको पनि पत्रकार सम्मेलनमा स्वस्तीमाले जानकारी गराईन ।

चलचित्रमा स्वस्तिमाको साथमा मुकुन भुषाल, जोयश पाण्डे, लक्ष्मी वर्देवा, दिपक क्षेत्री, उज्ज्वल अधिकारीको मुख्य भूमिका रहनेछ ।
आशिका अधिकारीलाई बाल–कलाकारको रुपमा चलचित्रमा देखिनेछ ।
चलचित्रमा कोशिश क्षेत्री र उद्गम परियारको संगीत, सुशान प्रजापतिको छायांकन रहनेछ ।
अविरल थापा, भिम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेको लगानी रहने चलचित्रमा विनोद पौडेलको कथा, पटकथा तथा निर्देशन रहनेछ ।


