साउन २५ मा पिरिम पर्या छन्

२०७५ असार ११, सोमबार १७:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कमेडी फिल्म पिरिम पर्या छन्को प्रदर्शन मिति तय भएको छ ।

निर्देशक पुरन थापाले शुक्रबार फिल्मको फस्र्टलुक पोस्टर सार्वजनीक गर्दै साउन २५ देखि प्रदर्शनमा आउने जानकारी दिए ।

निर्देशक पुरनकै लेखन रहेको फिल्ममा दीलिप रायमाझी, जयकिसन बस्नेत, सुवास मेचे,रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला,चाँदनी कोइरालालगायतका कलाकारले अभिनय गरेका छन् ।

माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको पिरिम पर्या छन् बिमल ढकालले खिचेका हुन् ।

निर्देशक पुरनको नयाँ फिल्म फेरि फेरि निर्माणको अन्तिम चरणमा पुगेको छ ।

अर्पण थापा र ऋचा शर्मा प्रमुख भूमिकामा रहेको सो फिल्मभन्दा अघिनै पुरनले पिरिम पर्या छन् दर्शकमाझ ल्याउन लागेका हुन् ।

गाउँले परिवेशको समाजीक हाँस्य फिल्मका रुपमा बताइएको पिरिम पर्या छन्का गीतमा बिकास चौधरी र बिनोद भुजेलको संगीत र बाबु बलामीको द्धन्द्ध छ ।

फिल्मलाई सुनील मानन्धर र रोहित–रत्नले बितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय