लोकदोहोरी गीत “मर्छु अब त” बोलको गीतको भिडियो  बजारमा

२०७५ असार ११, सोमबार १७:३२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा चर्चित गीतकार तथा संगीतकार अनिल खनालको लय तथा शब्द सिर्जनामा हिक्मत क्षेत्रीको लोकदोहोरी गीत “मर्छु अब त” बोलको गीतको भिडियो  बजारमा आएको छ ।

नेपाली मौलिक गीतमा आफनो प्रस्तुती दिन निकै खपिस रहेका गायक हिक्मत क्षेत्री र बहुचर्चित गायिका देवी धर्तिको सुमधुर आवजा गीतमा रहेको छ । वियोगान्त अभिब्यक्तिहरु गीतको भिडियोमा रहेको छ ।

मायामा पागल भएका मायालु जोडीको प्रेम पछिको विछोडको कठिन परिवेशलाई गीतको भिडियोमा समेटिएको छ । मरुभुमि नारायणले  छायाँकन गरेको भिडियोलाई रोशन धिताल ले सम्पादन गरेका छन ।

गीतको म्युुजिक भिडियोलाई राज पाठकले निर्देशन गरेका हुन । गीतको मार्मिक भिडियोमा राहुल , पुजा , दिपक , लक्ष्मीको अभिनय देख्न सकिन्छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय