कायरा’को ट्रेलर सार्वजनिक

२०७५ असार ११, सोमबार १७:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायक आर्यन सिग्देलले निर्माण गरेको चलचित्र ‘कायरा’को ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र साउन १८ गतेबाट रिलिज हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र निकै राम्रो बनेको बताइन् ।

चलचित्रमा आर्यनले आफू म्यूजिक रुचाउने पात्रको भूमिकामा देखिएको बताए ।

आर्यनको कामबाट आफू अत्यन्त प्रभावित भएको साम्राज्ञीको भनाई छ ।

म्यूजिकल लभ स्टोरी यो चलचित्रलाई फिलिपिन्समा छायांकन गरिएको छ ।

पत्रकार सम्मेलनमा नायक तथा निर्माता आर्यन सिग्देल, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, निर्देशक लक्ष्मण रिजाल लगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय