सन्ध्या जोशीको पोखरामा रोमान्स

२०७५ असार ९, शनिबार ०९:३१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

नेपाल आइडल सिजन वान बाट चर्चामा आएकी गायिका सन्ध्या जोशीले आफ्ना दर्शक श्रोताका लागि नयाँ गीत मिर्मिरे सार्वजनिक गरेका छन् ।

शुक्रबार आफ्नै आधिकारीक युट्युब च्यानल मार्फत तेस्रो कोशेली स्वरुप गीत लिएर आएका हुन् ।

नेपाल आइडलमा उत्कृष्ट नौ मा पुग्न सफल भएकी गायिका जोशीले यस अघि २ वटा गीत सार्वजनिक गरिसकेका छन् जुन दर्शक श्रोताहरुले मन पराएका छन् ।

आफ्ना गीतमा प्राय आफै देखिने सन्ध्या आफूलाई खासमा अभिनय गर्न भन्दा गाउन बढी सजिलो लाग्ने बताउछिन् ।

प्रशन्न घिमिरेको शब्द तथा मनोज थापा मगरको संगितमा रहेको गीतमा सन्ध्या स्वयम्को आवाज रहेको छ ।

गीतको भिडियोमा सन्ध्यासंगै भिजे तथा मोडल सुदित श्रेष्ठको अनस्क्रिन रोमान्स हेर्न सकिन्छ ।

पोखराका रमणीय स्थलहरुमा छायांकन गरिएको गीतको भिडियो निर्देशन मोडल सुदित श्रेष्ठ स्वयम्को रहेको छ भने
उज्वल जोशीको सिनेम्याटोग्राफी तथा सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय