पण्डीत बाजेको लौरी फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।
बादी तथा पण्डीतहरुको कथा समेटएिको फिल्म पण्डीत बाजेको लौरी आगामी साउन ४ गते प्रदर्शन हुदै छ ।
अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी ९राज० र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको समेत अभिनय समेटिएको छ ।
‘पण्डित बाजेको लौरी’मा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर पाण्डेको छायांकन, मित्रडि। गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत रहेको छ ।


