नायिका बेनीशा हमाल पछिल्लो समय अभिनयमा निख्खार आएकी कलाकारको रुपमा चिनिन थालेकी छन् ।
म्युजीक भिडियो हु“दै स्वर चलचित्र मार्फत चलचित्र अभिनयमा प्रबेश गरेकी नायिका बेनीशा हमालको संख्यात्मक रुपमा धेरै चलचित्र छैन , तर जति चलचित्रमा काम गरेकी छन् बेनीशाको तारीफ नै हुन्छ अभिनयको ।
सृष्टी केसीको जीवनीमा आधारीत
२०७४ सालको अन्त्यमा प्रदर्शनमा आएको ब्लाईन्डरक्स चलचित्रमा गरेको अभिनयको सबैले खुलेरै तारीफ मात्र गरेनन उनले एनएफडीसी अवार्डमा उत्कृष्ट नायिकाको अवार्ड समेत उचालिन ।

नायिका बेनीशा हमालले म्युजिक भीडीयो ,बिज्ञापन ,स्टेज लगाएतका प्रोजेक्टमा ब्यस्त भैरहन्छीन । अहिले सम्म बेनीशाले अभिनय गरेका चलचचित्रहरु नोटेबल छन् । स्वरपछि मोक्ष, ज्यान हाजीर छ , कालो पोथी , झयानाकुटी ,ब्लाईन्डरक्स चलचित्रहरुको बजारमा चर्चा थियो ति चलचित्रहरुका बेनीशालेले अभिनय गरेकी छन् । आज भोलि बेनीशालाई जुन पायो त्यही भुमिका गर्न मन लाग्र्दैन रे ।
फिल्मी करीयरको समयाअवधी हेर्ने हो भने बेनीशा हमाल रुमलीरहे झै लाग्छ चलचित्रको जालोमा ।

तर अब बेनीशा आफुलाई अब्बल बनाउन तर्फ कमर्शीयल भन्दा पनि जीवन्त भुमिका भएका स्क्रिप्ट खोज्न थालेकी छन् जस्ले गर्दा सदवहार रुपमा आफ्नो पहिचान बनोस ।
त्यसोत नायिका नै बन्न अलिअलि अवरण लुक्स ,चार्म ,फेसन मासमा प्रीजेन्टेशन शैली लगाएतका सबै चिजहरुले नायिकाको स्तर निर्धारण गरेको देखिन्छ । नायिका बेनिशा हमाल यो ज्ञानको बारेमा विज्ञ छिन् ।
ग्ल्यामर फिल्डमा पर्सनालीटीको खुबै चर्चा हुन्छ । आफ्नो पर्सनालीटीको एउटा घट्नाले बेनीशालाई झस्काईरहंदो रहेछ ् झयानाकुटी फिल्मको सुटीङमा संधै साधारण भेषभुषमा जाने आउने गरीरहंदा सोही टिममा रहेका थिएटरबाट खारीएर आएका केही कलाकारले बेनीशाको पर्सनालीटीलाई कमेन्ट गर्दे भनेछन् तिमी पनि हिरोइन जस्तै ड्रेसअप र मेकअप गर्यो भने हिरोईन जस्तै देख्छौ ।
जुन कुराले नायिकाको ट्याग पाईसकेकी थुप्रै म्युजीक भिडियोमा अभिनय गरीसकेकी नायिका बेनीशा अलमलमा परिछिन पर्सनालीटीको यत्रो शक्ति हुदो रहेछ भन्ने उनलाई लाग्यो रे ।
ग्ल्यामर फिल्डमा लागेपछि सामान्य गेटअपमा हिड्दा हिरोईनलाई नै गेटअप र मेकअप गर्दा हिरोईन जस्तै देखीन्छौ भन्दा कहिलेका“ही ठा“उ अनुसार शोअप गर्नैपर्नेरैछ भन्ने बेनशिालाई लाग्यो रे ।
तत्पश्चात हाल नायिका बेनीशा हमाल आफुलाई अपडेट गर्दै ग्ल्यामर ड्रेसअपमा टिपटप फिट बनेर हिड्छीन र आफुले अभिनय गरेको भुमिका सदैव सबै माझ ताजगी रहरिहने स्क्रीप्टको खोजीमा रहेकी छन् ।


