चलचित्रमा आफुले गर्ने भुमिकाको बारेमा अग्रीम थाहा पाउनु हरेक अभिनय गर्ने कलाकारको अधिकारनै हो ।
जब आफ्नो भुमिकाको बारेमा कलाकारलाई ज्ञान हुन्छ तब न आफुले त्यो भुमिका निर्वाह गर्न सक्छु सक्दिन अर्थात कति मेहनत गर्ने भन्ने सोच आउंछ ।
तर नेपाली चलचित्रमा एउटा यस्तो मेकरको दबदबा छ जुन मेकरको फिल्ममा कथा नसुनी सिधै स्पटमा गएर अभिनय गर्नुपर्छ कथा कस्तो छ आफुले अभिनय गर्ने रोल के हो भनेर थाहा पाउन खोज्योकी त सिधै आउट ।

नेपालमा ब्लकबस्टर चलेको छक्कापन्जा टिमको कुरो हो ।
जहा“ निर्माता निर्देशक तथा कलाकार दिपकराज गिरी र दीपाश्री निरौलाको छांयाकन भैरहेको फिल्म छक्कापन्जा ३ बाट कलाकार पुष्प खड्का आउट भएपछि बिभिन्न गसिप बनेर मिडियामा छाईरहेछन ।
भक्तपुरको सुर्यबिनायक मन्दिरमा गरीएको छक्कापन्जा ३ को शुभमुर्हतमा कलाकार पुष्प खड्का पनि छक्कापन्जा टिममा भनेर सबैले तारिफ गरेका थिए । अब सिरियस रोल गर्ने पुष्पले छक्कापन्जा ३ मा हंसाउछन् भनेर निर्माण टिमलेनै जानकारी गराएको थियो ।
तर अभिनय गर्ने बेला सुटीङस्पटमा पुगे संजोग कोईराला । कारण पुष्पले स्क्रीप्ट मागेरे अनि हामी स्क्रीप्ट माग्ने कलाकारलाई महत्व दिंदैनौ भनेर निर्माण टिमले जवाफ दियो । छक्कापन्जा ३ मा काम गर्न हौसीएका पुष्प आफ्नो भुमिका कस्तो छ भनेर स्क्रीप्ट माग्दा फिल्मबाटनै आउट भए ।
यस अघि पनि नायक तथा कलाकार प्रदीप खड्कास“ग फिल्मको लागि कुरा गर्दा प्रदीपले स्क्रीप्ट मागेपछि उनीस“ग औपचारीक कुरै नभएको खुलासा भएको थियो । कलाकारले स्क्रिप्ट नै माग्न नहुने कहा“को नियम हो दिपक दिपा जी ?


